रास्ट्र निर्माणमा त्याग गरेका माथी डोजर लगाइयो – रणबिर

7
SHARES
15
VIEWS

कालीकोट । बिप्लव नेतृत्व नेकपाका केन्द्रिय सदस्य भरत बम रणबिरले नेपाली आन्दोलनका क्रममा त्याग गरेका नेता तथा कार्यक्रता माथी डोजर लगाउने काम भएको बताउनु भएको छ । नेकपा कालीकोटले आयोजना गरेको जनप्रदर्शन कार्यक्रममा बोल्दै नेता रणबिरले नेपाल स्वाधिन बनाउन बलिदान गर्नेहरु किनार लागेर बलिदान नगरेकाहरुले आफ्नो स्वार्थपूर्ति गर्ने काम भएको आरोप लगाउनु भएको छ ।  बलिदानी गर्ने माथी डोजर लगाएका कारण त्यसको फैसला इतिहासले गर्ने बताउनु भएको छ ।दुई वर्ष ४ महिना जेल जीवन पछि कालीकोट आउनु भएका नेता रणबिरलाई सहिद परिवार तथा जनताले अभिनन्दन गरेको बताइएको छ । नेकपा कालीकोटका जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षतामा भएको कार्यक्रममा कालीकोट जुम्लाका जिल्ला इन्चार्ज कर्ण भण्डारी लगाएतका नेताहरु सहभागिता रहेको रमेश चदाराले बताउनु भएको छ । नेकपा कालीकोटले सरकार संग भएको तीन बुदे सहमतिको कार्यन्वयन गर्न दबाब दिन सदरमुकाम मान्ममा जनप्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित