सडक र खानेपानि पहिलो प्राथमिकता –वडाध्याक्ष डम्बर टमट्टा

7
SHARES
15
VIEWS

कालीकोट, जेष्ठ । समुदायको सेवा सुविधाका लागि सडक विस्तार र खानेपानिलाई पहिलो प्राथमिकतामा राखेको पचालझरना गाउँ पालिका वडा न. ८का वडा अध्यक्ष डम्बर टमट्टाले बताउनु भएको छ । वहाँले भन्नु भयो एक घर एक धारालाई संचालन गर्न काम दुर्त गतिले भइरहेको र आगामी वर्षमा वडाका सबै वासिन्दाहरुमा स्वच्छ खानेपानिको पहुंच पुग्ने छ ।

गएको वर्ष खानेपानिका धारा मर्मत गरेको भएपनि प्रदेश सरकारको तर्फबाट खानेपानि योजना शुरु भएको बताइएको छ । त्यसका साथै वडा अध्यक्ष टमट्टाले वडा न. ८को खडतोलि सम्म सडक विस्तार भइसकेकाले त्यसको स्तर उन्नतिका साथ अन्य वडाहरुमा पनि सडक विस्तार गर्ने काम भएको आउने वर्षमा पहिलो प्राथमिकताका साथ सडकलाई राखिएको छ । आफुले वडाका सबै समुदायलाई कृषि खेतिमा अग्रसर गराउनका लागि विभिन्न सरोकारवाला निकायहरु संग समन्वय गरी अघि बढेको र मौषमि ताथ बेमौषमि तरकारी खेतिको प्रचुर सम्भावना रहेकोले त्यस तर्फ उचित व्यवस्थापनका लागि शुरुवात भएको बताउनु भएको छ ।

वडाका समुदायलाइ स्वस्थ्य क्षेत्रमा पहुंच पुगाउन सफल भएको बताउदै स्वस्थ्य इकाइ भवनको निर्माण भई संचालनमा आएको छ । अहिले गाउँ पालिकाको योजना अनुसार शिक्षामा सुधारका कार्यक्रम अगाडी बढेका छौं यहांका ५ वटा विद्यालयमा विविध कार्यक्रमको विस्तार गरी सहज विद्यालयको पहुंचमा नपुगेका वालवालिकाहरुलाई विद्यालयमा जाने वातावारणको शुरुवात भएको वडा अध्यक्ष डम्बर टमट्टाले कर्नालि संचार संगको कुराकानि ८ नम्बर वडा स्तरिय सरसफाइ अभियान सफल पार्न जनेचतना मुलक कार्यक्रमका साथै सडक नाटक समेत गरिएको बताउनु भएको छ ।

वडा न. ८मा रहेका दलित वस्ति रहेको भुराबगरमा स्थानिय सहरी विकास मन्त्रालय अन्तरगत सहरी भवन डिभिजन कार्यालय जुम्लाबाट जनता आवास कार्यक्रमबाट विपन्नहरुको घर निर्माण भएका छन । अहिले वडाका जनप्रतिनिधिहरुका साथै सम्पूर्ण टिम क्वारेन्टाइन व्यवस्थापनमा लागि परेको बताउनु भएको छ ।

विद्यामन्दिर आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा हाल १३ जना भारतबाट आएका नागरिकहरु रहेका छन ।
वडा अध्यक्ष डम्बर टमट्टा तत्कालिन नेकपा(माओवादी)केन्द्रबाट विजयि हुनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित