पचालझरनामा नेकपा एमाले जिल्ला सदस्य सहित आधा दर्जन माओवादी केन्द्रमा प्रवेश

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको सिकुमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा अनेमसंघ क्रान्तिकारी कालीकोट सदस्य तुलसरा कठायत एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेकी छन ।

उनि संगै एमालेका आधा दर्जन कार्यक्रताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र पचालझरनाले जनाएको छ । नेकपा माओवादी केन्द्र पचालझरना गाउँ पालिका वडा न. १ सिकुमा गरिएको पार्टी प्रशिक्षण कार्यक्रममा प्रवेश गरेको गोकुल खड्काले जानकारी दिएका छन ।

उक्त पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र कर्नालि प्रदेश कमिटि सदस्य तथा पचालझरना गाउँ कमिटि इन्चार्ज देवराज शाही (अग्नि),पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने लगाएतका नेताहरुले नवप्रवेशीलाई तुलसरा कठायत, लालमति शार्की लगाएतका अन्य कार्यक्रताहरुलाई स्वागत गरेको बताइएको छ । तुलसरा कठायत (विनिता)जनयुद्ध कालमा पूर्णकालिन भई बझांग जिल्लामा २०६० सालमा साढे दुई वर्ष जेल जिवन विताएर आएकी हुन ।

पचालझरना गाउँ पालिकामा अन्य दलहरुबाट नेकपामा प्रवेश गर्नेको लहर चलेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित