पचालझरनामा कांग्रेस एमालेबाट एक दर्जन माओवादीमा प्रवेश

7
SHARES
15
VIEWS

कालीकोट । आसन्न जिल्ला सम्मेलन नजिकिदै जाने क्रममा कालीकोट जिल्लामा अन्य पार्टी परित्याग गरेर माओवादी प्रवेश गर्नेको लहर चल्न थालेको छ । आज पचालझरना गाउँ पालिकाको वडा न. ७ नुवाघरमा भएको कार्यक्रममा एक दर्जन कार्यक्रता एमाले र कांग्रेस परित्याग गरेर माओेवादीमा प्रवेश गरेको बताइएको छ ।

पचालझरना गाउँ कमिटिले आयोजना गरेको वडा स्तरिय कार्यक्रममा नेकपा एमालेबाट र नेपालि कांग्रेसबाट गरेर १२ जना प्रवेश गरेका हुन ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका पचालझरना गाउँ कमिटि इन्चार्ज देवराज शाही(अग्नि),पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल, उपाध्यक्ष तारा न्यौपाने लगाएतका नेताहरुले स्वागत गरेको हुन । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि देवराज शाहीले पार्टीले गर्ने आसन्न राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर गाँउ टोल तथा वडाका सम्मेलन गर्ने र पार्टी सदस्यले आफ्नो नेतृत्व चयन गर्ने वातावरणको शुरु गर्न लागेको बताउनु भयो ।

कार्यक्रमका विशेष अतिथि गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले आफुहरुले गाउँ गाउँमा विकासको मुल फुटाउन सफल रहेको दावि गर्दै आगामि स्थिानिय निर्वाचनमा पार्टीले बहुमतले विजयि हुने ठोकुवा गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित