नरहरिनाथको काप्डा बल्दे खानेपानि आयोजना उद्घाटन,१०१ धारामा स्वच्छ खानेपानि

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकाको वडा न. ८ लालुमा काप्डा बल्दे खानेपानी तथा सरसफाइआयोजना उद्घाटन गरिएको छ । उक्त वडामा रहेका १ सय १ घरधुरीमा खानेपानिका धारा निर्माण संगै स्वच्छ खानेपानि पुगेपछि आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

गाउँ पालिका अध्यक्ष धिरबहादुर विष्टको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष मनशोभा बुढा हुरेण्डेक नेपाल कालीकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढा, वडा अध्यक्षहरुको उपस्थितिमा उद्घाटन गरिएको बताइएको छ । उक्त खानेपानि आयोजनामा हेल्पटांसको आर्थिक सहयोग,नरहरिनाथ गाउँ पालिकाको साझेदारी तथा हुरेण्डेक नेपाल कालीकोटको सहजिकरण गरिएको हो ।

सो खोनपानिको लागि हेल्पटांसबाट ३५ लाख, नरहरिनाथ गाउँ पालिकाको १५ लाख र स्थानियको २२ लाख जनश्रमदान गरेर ७२ लाख लगानिमा खानेपानि आयोजना सम्पन्न भएको स्थानिय लाल बहादुर भण्डाराले बताउनु भएको छ ।

हेल्पटांस नेपालले नरहरिनाथ गाउँ पालिकामा खानेपानि क्षेत्रमा काम गर्दै आएको र बल्देमा खानेपानिको समस्या हल भएको गणेश विष्टले बताउनु भएको छ ।

उक्त खानोपनि आयोजना कार्यक्रममा नरहरिनाथ गाउँ पालिकाका अध्यक्ष धिर बहादुर विष्टले स्वच्छ खानेपानिको पहुंचमा बृद्धि गर्ने लक्ष्य अनुसार आफ्नो कार्यकालमा कुनै पनि नागरिक स्वच्छ खानेपानिबाट बञ्चित नहुने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित