लालु पुगे गाडी

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकाको लालुमा गाडी संचालनमा आएका छन । आज एक कार्यक्रमका विच नरहरिनाथ गाउँ पालिकाको खुलालु हुंदै वडा न. ८ र ९ रहेको साविकको लालु गाविसमा जिपहरु संचालनमा आएका छन ।

कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही,कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रि कुर्मराज शाही,प्रदेश सांसद विन्दमान विष्ट लगाएतका नेताहरुको उपस्थितिमा खुलालु हुंदै अछाम जिल्लाको रामारोशन जोड्ने पर्यटकिय सडक अन्तरगत खुलालु हुंदै लालुको पिपल रुख सम्मको सडक उद्घाटन गरिएको हो ।

नरहरिनाथ गाउँ पालिका अध्यक्ष धिर बहादुर विष्टले बडो कष्टका साथ लालुमा यातायातका साधन संचालनमा ल्याएको बताउनु भएको छ । वहाँले आफ्नको कार्यकालमा सबै वस्तिहरुमा सडक पुगाउने योजना सफल हुने दावि समेत गर्नु भएको छ ।नरहरिनाथ गाउँ पालिका उपाध्यक्ष मनशोभा बुढा लगाएतका जनप्रतिनिधि, नेकपा माओवादी केन्द्रका नरहरिनाथ इन्चार्ज अग्र बहादुर विष्टका साथै अन्य पार्टीका नेता तथा कार्यक्रता र समुदायको बाक्लो उपस्थिति रहेको थियो । पिपपल रुमा जिप पुगेपछि चालकलाई फुलमाला लगाएर स्वागत गरिएको बताइएको छ ।

खुलालु हुंदै माल्कोट जाने सडकमा विप्लव नेकापाले ५ सय मिटर सडक निर्माण गरेको थियो ।माल्कोट नेकपाका प्रवक्ता प्रकाण्डको गाउँ हो ।

उक्त कार्यक्रममा कर्नालि प्रदेश सरकारका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले प्रदेश सरकारले सबै वस्तिमा सडक विस्तार देखि रोजगारी सृजना गरेको बताउनु भएको छ । कर्नालिमा कहिले नभएको विकास आफुहरुको कार्यकालमा भएको दावि गर्दै बाकी दिनमा अधुरा काम पुरा हुने बताउनु भएको छ ।

जिल्लामा यातायातको पहुंचमा महाबै गाउँ पालिका बाहेक सबै स्थानिय तहमा यातायातका साधन संचालनमा आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित