“प्रचण्डपथ” ब्युताउने तयारीमा प्रभाकर

7
SHARES
15
VIEWS

काठमाडौ नेकपा माओवादी केन्द्रका नेतथा तथा अर्थमन्त्री जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा बिभाजन आएको बताउनु भएको छ।

पार्टीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा प्रभाकरले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाडेर आएपछी बिभाजन भएको बताउनु भएको छ ।

‘प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सबथोक विकेन्द्रीकरणतर्फ गयो’वहाँले भन्नू भयो, ‘अब प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुप¥यो ।

नेता प्रभाकरले पार्टीलाई जननियन्त्रित र जननिर्देशित पार्टीको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । अब जनताको आदेशमा चल्ने पार्टी चाहियो । नेताले गरेका गल्तीमा जनताले औंला ठड्याउन पाउनुप¥यो । हामीले गरेका गल्ती उपर जनताले भण्डाफोर गर्ने मौका पाउनुप¥यो । यस्तो खालको पार्टी बनाउनुप¥यो ।

माओवादी केन्द्रको संगठन विभाग प्रमुखसमेत रहेका नेता शर्माले भाबी दिनमा पार्टी विधि र पद्धतिमा आधारित भएर चल्छ । सफ्टवेयरको जमाना छ । प्रविधिको प्रयोग गरेर नेता कार्यकर्ताहरुको मूल्याङ्कन गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित