पचालझरनाको सिकुमा भएको दशै विशेष खेलकुदमा राम्नाकोट प्रथम

7
SHARES
15
VIEWS

कालीकोट । पचाझरनाको सिकुमा भएको खेलकुद प्रतियोगितामा राम्नाकोटको समुह प्रथम आएको छ । पचालझरना गाउँ पालिका वडा नम्बर १ को आर्थिक सहयोग र दिग्दर्शन युबा क्लबले आयोजना गरेको खेलकुदमा दोस्रो वडा नम्बर ७ नानिकोटले जित हासिल गरेको छ भने तेस्रो स्थान वडा नम्बर ८ मयको टोलिले हात पारेको क्लबका अध्यक्ष सर्जन बिकले बताए । उनका अनुसार सान्त्वनामा आयोजक वडा नम्बर को दिग्दर्शन युबा क्लबले आएको बताइएको छ ।सो खेलकुदमा प्रथमलाई १५ हजार, दोस्रो लाई १२ हजार र तेस्रोलाइ ७ हजार र सान्त्वना लाई ५ हजार नगद पुरुस्कार र प्रमाणपत्र प्रदान गरिएको तपेन्द्र ऐडिले जानकारी दिएका छ्न । उक्त पुरुस्कार गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले हस्तान्तरण गर्नु भएको हो । पुरुस्कार हस्तान्तरणका क्रममा वडाले आयोजना गरेको खेलकुदमा शन्तोष जनक सहभागिता भएकोमा खेलाडीहरुला धन्यवाद दिनुभएको थियो । असोज २३ गते नेकपा केन्द्रिय सदस्य रणबिर, पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपानेको उपस्थितिमा उद्घाटन गरिएको थियो । आयोजक दुई वटा समूह सहित  नौ वटा समुहको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित