मोतिपुर घटना बारे तिन विद्यार्थि संगठनले के बोले (विज्ञप्ति सहित)

7
SHARES
15
VIEWS
कालीकोट । मोतिपुर घटना केपिअ‍ोलि सरकारले गरेको पराकाष्ठा भएको आरोप लगाइएको छ ।सत्तारुढ दलका तिन विद्यार्थि संगठनले उक्त आरोप लगाएका हुन । संयुक्त विज्ञप्ति जारी गर्दै अनेरास्ववियु(क्रान्तिकारी),अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनले विरोध जनाएका हुन । नेविसंघले भने यस बारेमा केही बोलेको छैन ।
विज्ञप्ति जस्ताको त्यस्तै ।
संयुक्त बिज्ञप्ति।।।
मोतिपुर औद्योगिक क्षेत्रमा बिगत केही दिन यता शृङ्खलाबद्ध रुपमा घटिरहेका घटना प्रति संयुक्त बिधार्थि संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । बिजयादशमिको मुखमा सुकुम्बासी जनताको अनाहकमा ज्यान जाने गरि घटाईएको घटनाको घोर निन्दा र भत्सर्ना गर्दछौं । ज्यान गुमाउनु हुने रमेश परियार लगायत सम्पुर्णमा हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं । झडपको क्रममा घाइते हुनभएका बर्दघाट -४ का बिजय सहनि ,पाल्पा रिब्दिकोटका , भिम बहादुर कार्कि , नवलपरासी पश्चिमका बिष्णु परियार लगायत सम्पूर्ण घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १३३ बिधा जमिन अधिकरण नगर्दै गत फाल्गुन २१ गते तत्कालीन तत्कालीन सरकारले राज्य शक्तिको चरम दुरुपयोग गरि मोतिपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेट्ने दुस्साहसको परिणाम आज मोतिपुर क्षेत्र रणमैदान भएको छ । अनाहकमा जनताको ज्यान गएको छ । यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निष्कर्ष छ ।
तसर्थ मोतिपुर घटनाका मुख्य दोषि लगायत सम्पूर्ण लाई उचित छानबिन गरि कडा भन्दा कडा कारबाही , मृतकलाई उचित क्षतिपूर्ति र घाईतेहरुको नि:शुल्क उपचारको लागि जोडदार माग गर्दछौं । साथै मोतिपुर क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी समस्या विलम्ब नगरी दीर्घकालीन समाधान गर्न हामि नेपाल सरकारलाई जोडदार माग गर्दछौं । जनताको संविधान प्रदत माग राख्दा , आन्दोलन गर्दा दमन नगर्न चेतावनी दिन चाहान्छौं ।
पञ्चा सिंह
अध्यक्ष
अनेरास्ववियू ( क्रान्तिकारी )
सुदेश पराजुली
अध्यक्ष
अनेरास्ववियू
रूपनारायण श्रेष्ठ
अध्यक्ष
समाजवादी विद्यार्थी युनियन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित