भारत लगाएत ५ देशका सेना प्रमुख नेपाल आउदै

7
SHARES
15
VIEWS

काठमाडौँ । भारतीय जलसेनाका उच्च अधिकारीको नेतृत्वमा भारतीय तथा अन्य देशका सेना सहितको जम्बो टोलीले आइतबारदेखि एकसाता लामो नेपाल भ्रमण गर्ने भएको छ ।

भारतको राष्टिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) मा संचालित नेशनल डिफेन्स कोर्समा सहभागी रहेका प्रशिक्षार्थी र अधिकारीहरुले त्यहाँका वरिष्ठ निर्देशक तथा भारतीय जल सेनाका रियर एडमिरल धीरेन भिगको नेतृत्वमा नेपाल भ्रमण गर्ने भएको हो ।

यो ३९ सदस्यीय टोलीले ३१ असोजदेखि ६ कात्तिकसम्म नेपाल भ्रमण गर्नेछ ।

भ्रमणकाक्रममा यो रक्षा टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने  सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले पर्दाफासलाई बताए  ।

उनका अनुसार रक्षा टोलीले जंगी अड्‍डा भद्रकाली, मध्य कमाण्ड हे।क्वा। पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने छन् । यसका साथै उक्त टोलीद्वारा पशुपतिनाथ, मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यू नाम्चे तथा चन्द्रागिरीको भ्रमणलगायत नारायणहिटी संग्रहालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

सेनाले विगतमा पनि मित्रराष्ट्रमा उच्चस्तरका तालिममा सहभागि शिक्षार्थीहरुले नेपालको भ्रमण गर्ने तथा नेपाली सेनामा संचालित कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थीहरु पनि मित्रराष्ट्रहरुको भ्रमण गर्ने परम्परा रहि आएको जनाएको छ ।

उसले छिमेकी मित्रराष्ट्रका सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित