पचाल्झरनाको जारकोट पहिरोले जोखिम,चार वटा पसलमा क्षेति

7
SHARES
15
VIEWS

कालीकोट।लगातारको वर्षाले पचालझरनाको जारकोट बजार उच्च जोखिम भएको छ । गएराती आएको वर्षाले पचालझरनाको जारकोट बजारमा चार घरमा क्षेती पुगाएको छ  भने चार वटा बाख्रा मरेको बताइएको छ । उक्त पहिरोले जारकोट बजारमा रहेका पसलहरु बगाएको छ । अहिले पहिरो आउने क्रम जारी रहेकाले स्थानीय ब्यबसायी तथा समुदायहरु बिस्थापित भएका छ्न । स्थानीय अमराज सेजुवालका अनुसार जारकोट बजार जलमग्न भएको र स्थानियहरु त्यहाँबाट अन्त बास बस्नु परेको बताउनु भयो । जिल्लामा लगातारको बाढिले जिते बजार जोखिममा रहेको छ भने आवतजावतका लागि प्रयोग हुँदै आएको कर्नाली करिडोरको फेरि समेत बगाएको छ ।त्यसै गरी महाबै ७ को राम्निमा घर भत्काउदा एक किशोरीको निधन भएको छ । बिपदमा सतर्कता अपनाउन जिल्ला प्रशाशन कार्यालय कालीकोटले अनुरोध गरेको छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य द्वारा हस्ताक्षरित सुचनामा सबैलाइ सजक हुन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित