कर्नाली प्रदेश सरकारले हेलिकप्टर मार्फत कालीकोटमा बाढिपिडितलाइ राहत

7
SHARES
15
VIEWS

सुर्खेत  । कर्नालि प्रदेश सरकारले कालीकोटका बाढिपिडितलाइ राहत सामाग्री पठाएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत बिहीबार जिल्लाको महाबै, पचालझरना गाउँ पालिका,खाडाचक्र नगरपालिकाका बाढिपिडितका लागि एक सय थान क्रीपाल, एक सय थान कम्मल पठाइएको बताइएको छ । कर्नालि प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिका स्वकीय सचिब कृष्ण प्रसाद आचार्यका अनुसार प्रदेश सरकारले अन्य थप राहतका लागि खाद्यान्न लगाएतको सामग्री पठाउने बताउनु  भएको छ । कर्नालिका विभिन्न जिल्लामा वर्षाले ठूलो धनजनको क्षेती पुगेको बताइएको छ । गएको वर्ष बाढि प्रभाबित क्षेत्रमा मुख्यमन्त्री शाहिले आफै पुगेर खाद्यान्न लत्ताकपडा वितरण गर्नु का साथै बाढिपिडित परिवारलाइ घर निर्माणका लागि दुई लाख रकम समेत प्रदान गरेको थियो । कर्नाली प्रदेश सरकारले बाढिपिडितलाइ  राहतको महसुस हुने गरि प्याकेजमा राहत प्रदान गर्न लागेको बताइएको छ । नेपाली सेनाको हेलिकप्टरले पलाता गाउँ पालिकामा सुत्केरी हुन नसकेकी एक महिलालाइ समेत उद्दार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित