नेपाली कांग्रेस कालीकोटका सभापतिका प्रत्यासी मोतिराज बमको यस्तो आरोप, अब के होला ?

7
SHARES
15
VIEWS

कालीकोट । नेपाली कांग्रेस कालेकोटको सभापतिका दाबेदार मानिएका महासमिति सदस्य मोतिराज बमले आफ्नै नेतालै यती सम्म भनेपछि हलचल पैदा भएको छ । लेखक समेत रहेका बमले सामजिक संजालमा पोस्ट गर्दै राजनीतिकमा यति सम्मको सांटघांट भएर गिराउने खेल खेल्नु उचित नभएको भन्दै आफू विरुद्धको रहस्य बाहिर ल्याएका हुन । उनले लेखेको स्टाटस जस्ताको त्यस्तै  ।       म जिल्ला सभापति हुनबाट रोक्नुका दुई रहस्य ।
१,केन्द्रबाट सभापति शेरबहादुर देउवाले कालिबहादुर सहकारीलाई फोन गरेर सभापति अर्को टिमलाई दिएर भएपनि प्रतिनिधि बढी ल्याउनु भनेकाले १६ जना सस्थापन ( देउवा ) टिमका र सभापति सहित १० जना पौडेल टिमका प्रतिनिधि ल्याउने सहमति भएको भन्ने तर्क भित्रको कुतर्क पेश गरियो ।
२,केन्द्रीय सभापतिमा सभापति अम्बबहादुर शाही सहित पौडेल पक्षीय १० जना प्रतिनिधिले शेरबहादुर देउवालाई भोट हाल्छौ भनी देविदेवताको भाकल गरि घण्टा छुवाइ कसम खाएपछि देउवा टिमले सभापति अर्को टिमलाई दिएको हो भनी कालिबहदुर सहकारी आफ्ना नजिकका कार्यकर्तालाई आश्वस्त पारिरहेको अबस्थाबाट पनि बुझिन्छ ।
ज्ञातव्य रहोस् – यदि यो सत्य हो भने यो अति उत्तम राजनीतिक चलाखीप्रति सलाम । होइन भने सुन दिएर पित्तल किन्ने राजनीतिक लठुवासङ्ग अब बिश्वास गर्नु र पछि लाग्नु आमा लिनुसरह हो सबैलाई बेलैमा सचेत रहन आग्रह गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित