कर्नाली प्रदेश सरकारले के के दिने भयो ?बाढिपिडितलाइ राहत

7
SHARES
15
VIEWS

सुर्खेत । कर्नाली प्रदेश सरकारले बाढिपिडितका लागि महत्त्वपूर्ण निर्णय गरेको छ ।कर्नाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षता बसेको बैठकले उक्त निर्णय गरेको हो । आज बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठक सम्पन्न भएको छ । ।सो बैठकले गरेका निर्णय जस्ताको त्यस्तै :
• बाढी पहिरो लगायतको विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामुहिक विपद दुर्घटना विमाबाट प्राप्त हुने २ लाख रुपैया तत्काल उपलब्ध गराउने ।
• विपदमा परी घाईते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने व्यवस्था मिलाउने ।
• विपदका कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाई र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्ने ।
• अन्नवालीमा भएको क्षतिको एकिन विवरण संकलन कृषकहरुलाई क्षतिपुर्तीको व्यवस्था गर्ने ।
• पुर्णरुपमा क्षति भएका घरहरुको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसंग समन्वय गरी पुनःनिर्माण तथा पुनस्र्थापना गर्ने ।
• विपदका कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित