पचालझरनाको अबरुद्ध विद्युत सुचारु,गाउँ गाउँमा क्षेतिको विवरण संकलन शुरु

7
SHARES
15
VIEWS

कालीकोट । लगातारको वर्षाले अबरुद्ध पचालझरनाको विद्युत सुचारु भएको छ । एक मात्र जलविद्युत बन्द भएपछि समस्या आएको भएपनी स्थानीयको कडा परिश्रम बाट विद्युत सुचारु भएको बताइएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालको स्थलगत अनुगमन तथा निर्देशनमा विद्युत सुचारु भएको बताइएको छ । पचालझरना गाउँ पालिकामा बाढिपहिरोले पुगाएको क्षेतिको स्थलगत अनुगमन गरेर विवरण संकलन गर्न शुरु भएको छ । गाउँ पालिकाले सबै वडामा प्रहरीको टोलि खटाइ वास्तविक विवरण ल्याउन शुरु भएको अध्यक्ष सेजुवालले बताउनु भयो । पचालझरनामा बाढीले सुख्खा खोलामा पनि झरना बनेको बताइएको छ ।पचालझरनाको जारकोट,भौने सानासैन, पानीकोइरला,खार्दु लगाएतका स्थानमा पहिरोले क्षेती पुगाएको बताइएको छ । पचालझरनामा बाढिले पहिरोले मानबिय क्षेती नभएपनी बालिनाली तथा धनमालमा क्षेती पुगाएको स्थानीय सर्जन बिकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित