राप्रपा कालीकोटका अध्यक्ष शाही माओवादी केन्द्रमा, शक्ति बस्नेतले गरे स्वागत

7
SHARES
15
VIEWS

सुर्खेत । राप्रपा कालीकोटका पुर्ब अध्यक्ष ऐन बहादुर शाही सहित एमाले खाडाचक्र नगर पालिकाका कार्यपालिका सदस्य धर्मराज ताम्राकार,जयपाल  बिक र राप्रपाका जय सुनार नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छ्न । कर्नाली प्रदेश राजधानी सुर्खेतमा एक कार्यक्रममा माओवादी केन्द्रका कर्नाली प्रदेश इन्चार्ज शक्ति बस्नेतको उपस्थितिमा स्वागत गरिएको हो । भलिबल संघका केन्द्रिय उपाध्यक्ष समेत रहेका शाहीले माओवादी केन्द्र प्रवेश गरे संगै कालीकोटमा झन बलियो बन्न गएको छ । त्यसै गरि खाडाचक्र नगर पालिकाका कार्यपालिका सदस्य तथा कलाकार धर्मराज ताम्राकार पनि पर्बेश गरेका हुन । नव आगन्तुकलाइ कर्नाली प्रदेशका पार्टी इन्चार्ज शक्ति बस्नेत,सहइन्चार्ज द्वय काली बहादुर मल्ल,कर्नाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगाएतका नेताले स्वागत गरेको बताइएको छ । कालीकोटमा राप्रपाको अवस्था नाजुक भएको छ। यस अघि राप्रपाका अर्का नेता सहितको टोलि नेपाली कांग्रेसमा प्रबेश गरे पछि राप्रपा संकटमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित