कालीकोट। देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान अन्तरगत कालीकोटका सबै स्थानीय तहमा आजदेखि सुरु भएको छ । ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा स्वास्थ्यकर्मी तथा स्वयंसेविकालाइ खटाइएको छ ।
जिल्लाभर करिब १५ हजार बालबालिकाले जुकाको औषधि र भिटामिन खुवाउन शुरु भएको जनस्वास्थ्य अधिकृत महतले बताउनु भयो ।
यस अघि पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको थियो ।
भिटामिन ए र जुकाको औषधि खान आज छुटेका बालबालिकालाई सोमबार पनि खुवाउन सकिने जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भएको छ ।
Discussion about this post