कृषि ऋण गाडी र साडीमा जान्छ –कृषि मन्त्री भुसाल

7
SHARES
15
VIEWS

काठमाडौं,जेष्ठ ।कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले किसानलाई दिइने अनुदान र सहुलियत ऋण गाडी र साडिमा जाने बताउनु भएको छ । वास्तविक कृषि गर्ने जनताको नाममा नगइ दुरुपयोग हुने भएकाले रोक्ने बताउनु भएको छ ।

प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि छलफलमा उठेका प्रश्नको उत्तर दिँदै मन्त्री भुसालले विगतमा किसानका नाममा विचौलियाहरूले नै अनुदान खाइदिएको भन्दै अब कृषि अनुदान र सहुलियत ऋण किसानकै खातामा जाने व्यवस्था गर्ने बताउनु भएको हो ।

तथ्यअनुसार ५० अर्ब ऋण बाँडे तर त्यसको ३३ प्रतिशत पनि किसानसम्म नपुगेको वहाँको भनाइ थियो । ूकहिलेकाहीँ अलिक ठट्यौलो भाषामा भन्दा गाडीमा जान्छ साडीमा जान्छ, अन्त अन्त जान्छ । तर, किसानमा जाँदैन । यसलाई रोकिदिनुपर्छू वहाँले ूत्यसलाई अब माटोमा नै जान दिनुपर्छ भनेर सोच्यौं । आगामी आर्थिक वर्षदेखि मलमा जस्तै बीउमा पनि अनुदान दिन शुरु गरिएकोे बताउनु भएको छ ।

कृषि अनुदानको रकम र अधिकांश शीर्षकको बजेट तल्लो तहमा पठाउन सक्नु आफ्नो सफलता रहेको मन्त्री भुसालको दाबी छ। ूमाथि पैसा राखेर मन्त्री र सचिवले बजेटलाई स्वस्थानीको प्रसाद जस्तो गरी बाँढ्ने कामलाई रोक्ने र तल्लो तहमा बजेट पुर्‍याउने भन्यौं,ू भुसालले भन्नु भयो‚आफ्नाको, ठूलाको वा अंग्रेजी भाषामा लेखिएका प्रतिवेदनका आधारमा पैसा बाँढ्ने र जसले उत्पादन गर्छ उसले पैसा नपाउने अवस्थाको अन्त्य गरिनुपर्छ। त्यही कारण अहिले कृषि मन्त्रालयको स्थानीयकरण भएको छ र सबै बजेट तल्लो तहमा गएको छ।ू

बाली बीमा र हरेक बालीको न्यूनतम समर्थन मूल्य तोकिनुपर्ने भन्दै भुसालले आफूले किसानको नाफाको कुरा गरेको नभई बचतको कुरा गरेको बताउनु भयो । न्यूनतम समर्थन मूल्यमा कृषकले वस्तु बेच्न सकेनन् भने सरकारले किनिदिनुपर्छ, छिमेकी मुलुक भारतमै पनि यस्तो अभ्यास छ, वहाँको भनाइ रहेको छ ।
मन्त्री भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विगतमा अति राजनीतिकीकरण र गुटगतका करण हुँदा बिग्रेको भन्दै त्यसलाई पनि रोक्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित