कालीकोट । बैंकको चेक किर्ते कसुर मुद्वामा फरार रहेका कालीकोटका एक जनालाई प्रहरिले पक्राउ गरेको छ । जिल्ला अदालत कालीकोटले २०७२ साल बैशाख ८ गते गरेकाे फेैसलाले १ वर्ष कैद र एक लाख अटसट्ठि हजार पाच सय रूपैयाँ जरिवाना गरेको भएपनी हाल सम्म फरार रहेका तिलागुफा नगरपालिका ७का सरोज शाहिलाइ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । उक्त कैद र जरीवाना असुल उपर गर्न प्रहरीले शाहिलाइ जिल्ला अदालत कालीकोटमा उपस्थिति गराएको हो ।पछिल्लो समय कालीकोटमा आफ्नो सक्रियता बढाएको छ ।
Discussion about this post