रोजगारी र सडकको स्तरन्नोति पहिलो प्राथमिकता –वडाध्यक्ष जोरे तिरुवा

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । भौतिक संरचना,सडक र विद्युतको पहुंच पुगेको पचालझरना गाउँ पालिका वडा न. ८मा सडकको स्तरन्नेति र युवालाई रोजगारीका लागि आगामी योजनाहरुलाई प्रथामिकतामा राखेको वडा अध्यक्ष जोरे तिरुवाले बताउनु भएको छ ।

कर्णालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको गाउँ समेत रहेको उक्त वडामा अहिले सडकको पहुंच पुगेको छ भने सबै घरधुरीमा विद्युत सुचारु भएको छ । एक घर एक धारा,सिचाई कुलो व्यवस्थित,धामिर्क मठमन्दिरहरुको मर्मत, विद्यालयमा सरसफाइका लागि सौचालय र बाथरुमको काम सम्पन्न भएको वडा अध्यक्ष जोरे तिरुवाले बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकामा अन्य वडामा वडा कार्यालयको भवन नभएको अवस्थामा वडामा छुट्याएको बजेटबाट तिन कोठे वडा कार्यालयको भवन सम्पन्न भएको छ भने स्वस्थ्य इकाइ भवनको काम पनि अन्तिम चरणमा पुगेको बताउदै स्वस्थ्य इकाइ भवनका लागि आफै(वडा अध्यक्ष जोरे तिरुवा)ले ८ सय वर्गमिटर र वडा कार्यालय भवनका लागि १५ सय वर्ग मिटर जग्गा दान दिएको बताउनु भएको छ ।

आफुले वडामा रहेका कृषकहरुलाई उत्पादन मुलक काम र युवाहरुलाई आय मुलक काममा कसरी लगाउन सकिन्छ त्यसका लागि योजना बनाउने बताउनु भयो । वडामा प्रधानमन्त्रि रोजगार कार्यक्रम,प्रदेशबाट आउने बजेट र गाउँ पालिकाको बजेट बाट विशेष गरी युवा उद्यमि बनाउने बताउनु भएको छ ।
वडामा अहिले समस्या परेको अवस्थामा न्यायका लागि रास्कोट नगरपालिकाको रास्कोटमा जानु पर्ने अवस्थाबाट सहज भएको छ । सुरक्षा निकायको अस्थायि प्रहरी पोष्ट कोटिलामा स्थापना भएको छ ।

क्रमस सबै सुविधाहरु जोडिदै गएको वडाध्यक्ष तिरुवाले बताउनु भएको छ ।कार्यकालमा विद्यालयहरुमा पूर्वाधार,सडकको स्तर उन्नति गरेर यातायातका साधन संचालनमा ल्याउने,दुई सय देखि ३ सय सम्म युवाहरुलाई रोजगारी दिने सोचमा रहेको बताउनु भएको छ ।
पचालझरना गाउँ पालिका वडा न.९का अध्यक्ष जोर तिरुवा तत्कालिन नेकपा(माओवादी)केन्द्रबाट विजयि हुनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित