हिमचुलि सहकारी मार्फत व्यवसायिलाई फ्रिज हस्तान्तरण,डेरी मार्फत मान्मका तिन ठाउँबाट दुध विक्रि गरिने

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको एक मात्र हिमचुलि दुध डेरीले सदरमुकामका तिन स्थानमा विक्रि केन्द्र स्थापना भएको छ ।

हिमचुलि कृषि सहकारी संस्था लि.द्धारा संचालित हिमचुलि डेरी उद्योगले सदरमुकाम मान्मको प्रतिमाचोक,जिरो प्वाइन्ट र जिल्ला अस्पतालको गेट नजिक विक्रि हुने भएको छ । संस्थाका डेरी व्यवस्थापक चन्द्रमणि आचार्यका अनुसार जिरो प्वाइन्टमा सरिता आचार्य,जिल्ला अस्पताल चौरमा कृष्णा शाही र प्रतिमाचोकमा धनिराम धमालालाई फ्रिज हस्तान्तरण गरिएको बताउनु भयो ।

दुध विक्रिका लागि वितरण गरिएको फ्रिज संस्थाका सल्लाहकार संयोजक धनजित शाही, संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्य तथा सहायक व्यवस्थापक सिंह बहादुर शाहीको समेत उपस्थिति रहेको थियो ।

हिमचुलि कृषि सहकारी संस्थाले गएको जेष्ठ महिना देखि सदरमुकाम मान्ममा डेरी संचालनमा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित