पलातामा जोखिममा विद्यालय सरोकारवालाको ध्यान गएन,सम्झौता अनुसारको काम नभई पांच लाख भुक्तानि

7
SHARES
15
VIEWS

कालीकोट । पलाता गाउपालिकाको एक विद्यालयमा वर्षमा ५ महिना मात्र पढाइ हुने गरेको छ ।

पलांता गाउँ पालिका वडा न. २को दाममा रहेको प्रभात आधारभुत विद्यालयको अवस्था जोखिम रहेको बताइएको छ । जोखिम ठाउँमा विद्यालय भएकाले वर्षाऋतुमा विद्यालय बन्द गर्नु पर्ने बाध्यता रहेकाले पढाई नभई अषाढ देखि कात्तिक सम्म विद्यालय बन्द गर्नु पर्ने अवस्था रहेको बताइएको छ ।

विद्यालय रहेको माथिल्लो भाग र तल्लो भागमा पहिरो आएर विद्यालय भत्किन मात्र बांकी रहेको विद्यालयका प्रधानध्यापक कलसा प्याकुरेलले बताइन । उनका अनुसार विद्यालय व्यवस्थापन समिति र समुदायको चासो नहुंदा जोखिम क्षेत्रमा पठनपाठन गर्न बाध्य भएका छौं ।

स्थानिय जनप्रतिनितिले सुझाव दिंदा दिदै उपभोक्ता समितिले वेवास्ता गरेर निर्माण गरेको स्थानिय कर्ण सार्कीले बताए । प्रधानध्यापक कलसा प्याकुरेलले अहिले जोखिम भएकाले सात महिना मात्र पढाई हुन्छ त्यस भित्र एक महिना जति शनिवार र एक महिना बराबरको अन्य सार्वजनिक विदा हुने भएकाले वर्षमा ५ महिना मात्र पढाई हुने गरेको छ ।उक्त विद्यालयको भौतिक संरचना समेत व्यवस्थित नहुंदा त्यतिकै समस्या भएको प्याकुरेलले बताइन ।

तीन कोठा रहेको भवन भित्र बस्न सक्ने अवस्था समेत नभएको र कार्यालयमा सिमेन्टको ढलान हुनु पर्नेमा

ढुंगा मात्र विछ्याइएका छन । फर्निचरको समेत राम्रो व्यवस्था नभइ उपभोक्ता समितिले पांच लाख रकम भुक्तानि लिएको बताइएको छ ।यस सम्बन्धमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

पलांता गाउँ पालिकाले शिक्षा क्षेत्रमा लगानि गर्दा पनि सहि ढंगले व्यवस्थापन नहुंदा बालुवामा पानि हाले झै भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित