जनयुद्धको तुफानी केन्द्र कालीकोट हो -रामदिप आचार्य

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्नाली प्रदेशका सचिब रामदिप आचार्याले कालीकोट जिल्ला जनयुद्धको तुफानी केन्द्र मात्र नभई आधारक्षेत्रले बिगतको जस्तै अहिले पनि पार्टी र क्रान्तिको नेतृत्व दायी भुमिका निर्बाह गर्ने बताउनु भएको छ ।यो इतिहास कसैले मार्न नसक्ने र नमर्ने बताउदै झन गति लिएर अघि बढ्ने बताउनु भएको छ । कालीकोट जिल्लामा संचालित नेकपा माओवादी केन्द्रको बिस्तारित बैठकलाई सम्बोधन गर्दै नेता आचार्यले अहिले समाजबादी क्रान्ति मार्फत समाजवादी ब्यबस्थाका लागि नेतृत्व  गर्नु पर्ने जिम्मेवारी आएको बताउनु भएको हो । नेता आचार्यले बिगत युद्ध काल देखि अहिले सम्म हामी सबैको आ आफ्नो ईतिहास रहेकाले जो कसैले बिरासतलाइ आत्मसाथ गरेर अघि बढ्न र युबाले नेतृत्व गरेर अगाडि बढ्न अनुरोध गर्नु भएको छ । माक्सले प्रतिपादन गरेको कम्युनिस्ट घोषणा पत्र र हाम्रो पार्टीको अहिलेको नीति विधि र सिद्धान्तलाई परिमार्जन गर्दै अग्रसर हुनु पर्नेमा जोड दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित