कालीकोट गमलामा हुर्काएको फुल होइन,सतिसाल हो – कर्नाली प्रदेश अध्यक्ष शर्मा

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा कर्नाली प्रदेशका अध्यक्ष तथा जिल्ला समन्वय समिती रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा( आर्ट)ले कालीकोट जिल्ला गमलामा हुर्काएको फुल नभइ युद्धको शतिसाल भएको बताउनु भएको छ । नेकपा माओवादी केन्द्र कालीकोटको बिस्तारित बैठकलाई सम्बोधन गर्दै नेता शर्माले बिथलडांडामा माल्कोटी महिला गोरिकला बिकको नेतृत्वम भएको प्रहरी माथिको आक्रमण देखि पिलिको इतिहासको पाना पल्टाएर सबैले अध्ययन गर्न आग्रह गर्नु भएको छ ।
अहिले पार्टीले उन्नत बिचार सहि संगठन बनाउने काम हाम्रो दायित्व भएको र अबको रास्ट्रीय सम्मेलन सम्म जांदा सो कार्यदिशालाइ बहस गरेर अघि बढ्ने र सहि कम्युनिस्ट पार्टी बनाउन लागि पर्ने बताइएको छ । तुफानी केन्द्रका रुपमा काम गरेको कालीकोटले जुनसुकै कार्यक्रताले उत्पादन, सरकार तथा पार्टीको जिम्मेवारी लिदै अघि बढ्न अनुरोध गर्नु भएको छ । वर्गसंघर्षको त्याग बलिदान बाट कालीकोटका ९ मध्ये ६ स्थानीय तहम बिजेता हासिल गरेको र कर्नाली प्रदेश सरकारको नेतृत्व कालीकोटले गरेको प्रती गर्व कार्यक्रतालाइ आग्रह गर्नु भयो उहाँले अगाडि भन्नू भयो आगामी  दिनमा पनि सिंगो कर्नालिको र देशको नेतृत्व गर्ने अवसरका रुपमा लिनका लागि निरन्तर लाग्न अनुरोध गर्नु भयो । अब हामिले जनबादी  क्रान्तिका नया कार्यभार पूरा गर्दै समाजबादी क्रान्ति पूरा गर्नुपर्छ ।त्यसका लागि हरेक समुदायलाइ मासिक आम्दानि गर्न सबै संगठन,पार्टी लाग्नु पर्ने बताउदै शर्माले कम्युनिस्ट को इतिहासमा केपिले प्रतिगमन गरेको ठोकुवा गर्दै प्रतिक्रान्ती बाट माओवादी केन्द्रले जोगाउने नेतृत्व प्रचण्ड भएको  दाबी गर्दै अहिले उपलब्धि ध्वस्त पार्न प्रतिगमनकारी लागेकाले सजक हुनु पर्ने औल्याउनु भएको छ । अर्को प्रसंगमा बिप्लव नेकपाको जनमत संग्रह राजा कि निर्दल भने जस्तै भएकालेे त्यसको अर्थ नभएको समेत जिकिर गर्नु भयो । बिप्लवलाइ ढुंग्रो ठोकेर बैज्ञानिक समाजबाद नआउने जिकिर गर्दै माओवादी केन्द्र संग एकीकरण मार्फत बैज्ञानिक समाजबाद तर्फ अग्रसर हुनु पर्ने बताउनु भयो । उहाँले एकीकृत जनक्रान्ती स्पष्ट नभएकाले अक्रमण्यताबाद हाबी भएको बताउनु भयो ।हामिले अहिले उपलब्धिको रक्षा र जनबादी क्रान्तिका आधारको तयारी गर्ने आभिभारा माओवादी केन्द्रलाइ आएको र जनयुद्धको साख समेत जोगाएको उल्लेख गर्नु भएको छ ।
त्यसै गरी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्नाली प्रदेशका सचिब रामदिप आचार्यले नेकपा माओवादी केन्द्र को कार्यदिशा भनेको एक्काइसौं शताब्दिको बैज्ञानिक समाजवाद भएको बताउनु भएको छ । उहाँले बिगतमा एक्काइसौं शताब्दीको जनबाद भएको अहिले बैज्ञानिक समाजवाद थपिएको बताउनु भएको छ । बैज्ञानिक समाजवाद भनेपछी बिज्ञान संग सम्बन्धित कुरा हो सोही अनुसार सबैले प्रबिधिको बिकाश गरेर लाग्न अनुरोध गर्नु भयो । अहिले पार्टीले उन्नत बिचार सहि संगठन बनाउने काम हाम्रो दायित्व भएको र अबको रास्ट्रीय सम्मेलन सम्म जांदा सम्म बहस गरेर अघि बढ्ने र सहि कम्युनिस्ट पार्टी बनाउन लागि पर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित