भिरबाट लडेर महिलाको मृत्यु

7
SHARES
15
VIEWS

कालीकोटपचालझरना गाउँपालिका १ मा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । भिरमा घाँस काट्ने क्रममा २२ वर्षीया बिमला खड्का भिरबाट लडेर मृत्यु भएको हो ।

पचालझरना १ सिकुको घाटज्युला नजिकैको कुचाको भिरमा घाँस काट्ने क्रममा शनिबार सांझ भिरबाट लडेको परिवारले जनाएको छ । मृतक खड्का भिरबाट करिब २ सय मिटर तल खसेको र उनलाई धान  काट्ने अन्य स्थानीयले भिरबाट खसेको देखेर नजिक पुगेको स्थानिय गोकुल खड्काले बताए ।

धान काट्न गएका गाउँलेहरुले भिरबाट लडेको देखेको तर उद्धारका लागि आफुहरुलाई खवर आएपछि घटना स्थल पुगेको बर्म ऐडीले बताएका छ्न । भिरबाट खसेको अबस्थामा सास भएपनी घरमा ल्याइसके पछि मृत्यु भएको बताइएको छ । मृतक खड्काका दुई छोरा रहेका छ्न । मृतक खड्काका माइती बोलाएर दाहसंस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित