भित्रै बसौं भोकमरी छ बाहीर रोगको डर

7
SHARES
15
VIEWS

नाम हो मेरो मणीराम न्यौपाने हो थर
टिकापुर बसाई मेरो ज्योतिनगर घर
यो सालको अन्तिम महिना साह्रै खराब रैछ
कहिल्यै नसोचेको कुरा यसो किन भैछ।
उत्तरबाट आएको रोग सर्बत्र फैलियो
जिन्दगीको ठेगान छैन मरने कैले हो ।
भित्रै बसौं भोकमरी छ बाहीर रोगको डर छ
जे गर्दछन भगवानले सवै उनको भर छ ।
हतोत्साहित हुदै नहोउं भित्रै शेभ भएर
सरसफाईमा ध्यान दिउ मास्क प्रयोग गरेर ।
दुख प्रकट नगरेर धैर्य धारण गरौ
सरकारले दिएको निर्देश सवै पालन गरौं।
आउना पाउना अतिथीलाई प्रवेश निशेध गरौ
अन्धविश्वास रूढिवादी देउता भर नपरौं।
आफ्नो जीवन आफै बचाउं भुमिगत भएर
खान पिउन डुल्न त्यागौं तपस्वी भएर।
खाडी मुलुक विदेशमा गएका दाजुभाई
भित्र प्रवेश गर्न नदिऊं पैसाको लोभ देखाई।
रोगको वीउ छर्दै आउछन विदेशमा गएका
लुकिछिपी डुल्ने गर्छन दया नभएका।
साना ठुला जाती धर्म छुट्याउन्न रोगले
कोही मर्लान रोगको कारण कोही मर्लान भोकले।
भाइरसको औषधी छैन नियम पालन गरौं
कोरनाको डर त्रासले अकालमा नमरौं।

खानेकुरा निषेध गरौं मदिरा र मासु
निकास मिल्ला बाचेपछी नखसाल्नु आसु।
वल्लो टोल पल्लो घर फिरन्ते नगर्नु
दुख कस्ट सही राख्नु लकडाउन दिन नगन्नु।
शुद्ध बन्नु मिठो खानु अनुशाशित बन्नु
जीन्दगी दुई दिनको मात्रै घमण्डी नबन्नु।
प्राण घातक रोग आएर विश्वलाई हल्लायो
आफ्नो जीवन आफै बचाउं सबैको सल्लाह यो।
संसारलाई भै भाडे लायो कोरना रोगले
कोही मर्लान भोकको कारण कोही मर्लान सोकले।
अज्ञात रोग चीन बाट आयो भन्दथे पहिले नै
संसारलाई सतर्क बनाई आइपुग्यो अहीले नै।
धन्यवाद।।।

# मणीराम न्यौपाने (शास्त्री) शिक्षण पेशाबाट रिटायर व्यक्ति हुनुहुन्छ । कालीकोट जिल्लाको साविकको फुकोट २बालुखेत निवासि हाल कैलालि बस्नु हुन्छ ।

@ मिमराज उपाध्यायको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित