प्रेस सेन्टर पचालझरना अध्यक्षमा केसब शाही

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल पचालझरना शाखामा केसब शाहीको अध्यक्षतामा १३ सदस्य  कार्यसमिति गठन भएको छ । जसमा उपाध्यक्षमा रतन टमट्टा,सचिब बिरेन्द्र बिक,सहसचिब मनिकर बुढा, कोषाध्यक्ष सुशिला न्यौपाने लगाएत १३ सदस्य कार्यासमित सर्बसम्मत चयन भएको बताइएको छ । प्रेस सेन्टर नेपाल महाधिवेशन आयोजक समिती सद्स्य मनिका बोहरा,पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने,नेकपा माओवादी केन्द्र पचालझरना अध्यक्ष पौरख बिक,नेपाल पत्रकार महासंघ कालीकोटका सद्स्य तिलक बुढा लगाएतका अतिथिहरुको उपस्थितिमा पचालझरना गाउँ पालिका प्रथम सम्मेलन सम्पन्न भएको हो । प्रेस  सेन्टर नेपालको महाधिवेशन आयोजक समिती सदस्य मनिका बोहराले पार्टीको भातृसंगठन भएकाले पार्टीलाई शिर्ष स्थानमा राखेर पत्रकारहरुलाइ कलम चलाउन अनुरोध गर्नु भयो । त्यसै गरि पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले प्रेस सेन्टर नेपालले पचालझरनामा मात्र नभै जिल्लाको नेतृत्व गर्न र पचालझरनाका गतिविधिलाई बाहिर ल्याउन अनुरोध गर्नुका साथै कार्यसमितिलाइ बधाइ दिनु भएको छ ।  जिल्लाभर ६ वटा स्थानीय तहमा कमिटी गठन भएको छ भने तीन स्थानीय तह तिलागुफा,खाडाचक्र नगरपालिका र नरहरिनाथ गाउँ पालिका यहि महिना भित्र हुने र कात्तिक २५ गते जिल्ला सम्मेलन हुने प्रेस सेन्टर कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित