नरहरिनाथमा सरसफाइ अभियान शुरु

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकालाई पुर्ण सरासफाइ युक्त गाउँ पालिका बनाउन अभियान तिब्र पारिएको छ । विभिन्न निकाय बाट सरसफाइ कार्यक्रम हुन थालेका छ्न ।आज ग्रामीण विकास युवा सूचना केन्द्रको आयोजनामा टोल सरसफाइ कार्यक्रम शुरु भएको छ ।सो कार्यक्रममा नरहरिनाथ गाउँ पालिका अध्यक्ष धिर बहादुर बिस्ट,उपाध्यक्ष मनशोभा बुढा लगाएत वडा नम्बर तीन का जनप्रतिनिधि सहित को उपस्थितिमा अभियान शुरु भएको बताइएको छ । आइएनफ नेपाल कालिकोटको सहयोगमा नरहरिनाथ गाउँपालिका को समन्वयमा वडा नम्बर ३ मा उक्त कार्यक्रम भएको हो ।”फोहोरमैला व्यवस्थापन गरौं सभ्य समाजको निर्माण गरौं “भन्ने मुलनाराका साथ सुरक्षित स्वास्थ्य तथा सरसफाई प्रर्वद्धन का लागि टोल सरसफाई अभियान कार्यक्रम गरिएको बताइएको छ ।
नरहरिनाथ गाउँपालिकालाई पूर्ण सरसफाई युक्त गाउँपालिका बनाउनको लागि यो अभियानको सुरुवात गरिएको  ग्रामिण विकास युवा सूचना केन्द्रका अध्यक्ष नवीन विश्वकर्माले बताउनु भयो ।यस अघि आइएनफ नेपालले वडामा सरसफाइ सामाग्री बितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित