संचार क्षेत्रका लागि सहयोग गर्छाै -अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले संचार क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

प्रेस सेन्टर नेपाल पचालझरना गाउँ पालिकाको प्रथम सम्मेलनमा बोल्दै अध्यक्ष सेजुवालले संचार क्षेत्रका लागि विगतमा पनि सहयोग गदै आएको र आगामि दिनमा पनि उचित सहयोग गर्ने बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाको पणेक्षामा आयेजित कार्यक्रममा गएको वर्ष आधारभुत पत्रकारिता तालिमको आयोजना गरेको र आगामि दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष सेजुवालले यहाँका नेकपा माओवादी केन्द्रका र सरकारका गतिविधिलाई प्रचार प्रसारमा ध्यान दिई जनताका पक्षमा सक्रिय भएर कलम चलाउन अनुरोध गर्नु भएको छ ।

सो कार्यक्रममा प्रेस सेन्टर नेपालका पचालझरना अध्यक्षमा केशव शाहीको अध्यक्षतामा निर्वाचित टिमलाई बधाई  दिइएको बताइएको छ । कार्यक्रमका अतिथि पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने, नेकपा माओवादी केन्द्र पचालझरनाका अध्यक्ष पौरख विक, वडा न. ३का वडाअध्यक्ष लोकजन कठायत,नेपाल पत्रकार महासंघ कालीकोटका सदस्य तिलक बुढाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय महाधिवेश आयोजक समितिका सदस्य मनिका बोहराको समेत उपस्थिति रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित