सहकारी मार्फत देउसी भैलो,संकलन रकम समाजसेवामा लगाइने

7
SHARES
15
VIEWS

कालीकोट । दिपावलिको समयमा कालीकोटको महाबैमा एक सहकारी संस्थाले देउसी भैलो खेलेर संकलन रकम समाजसेवामा लगानी गर्ने भएका छ। महाबैमा रहेको रेडपाण्डा बहुद्देश्यिय सहकारी संस्थाले देउशी भैलो कार्यक्रम शुरु गरेको हो ।संस्थाका अध्यक्ष पदम बहादुर सिंहले युबाहरुले मनोरञ्जन गर्न खोजेकाले सहकारी मार्फत देउसी भैलो खेल्ने र संकलन भएको रकम युबाहरुको क्षेत्रमा लगानी गर्ने बताउनु भयो । देउसि भैलो मार्फत बचत गर्ने बानिको बिकाश गर्न र सहकारीका बारेमा सन्देश मुलक गितहरु समेत प्रस्तुत गर्ने गरिएको देउशी भैलोका टिम लिडर यज्ञराज सिंहले बताउनु भयो ।युबाहरुले रहरका लागि भन्दापनी आर्थिक संकलन गरेर गाउँमा गरिब टुहुराहरुको राहत हुने र कुलत बाट जोगिनका लागि गरिने सचेतना मुलक काममा लगानी गर्ने योजना रहेको बताउनु भयो। देउसी भैलोमा महाबै गाउँ पालिका भित्र संचालन गर्ने योजना रहेको देउसी भैलोमा सहभागीहरुले बताए । रेडपाण्डा बहुउद्देश्यीय सहकारी बिगत दुई वर्ष देखि महाबैमा किसानहरुलाइ बीउ बिजन तथा फलफुलका बिरुवा बितरणको काम गर्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित