क्वारेन्टाइन व्यवस्थापनका लागि प्लान दियो सामाग्रि

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाको पाँच वटा स्थानिय तहलाई क्वारेन्टाइन व्यवस्थापनका लागि प्लान नेपालले सामाग्रि हस्तान्तरण गरेको छ ।

आज सदरमुकाम मान्ममा एक कार्यक्रम गरी खांडाचक्र,रास्कोट नगरपालिका र नरहरिनाथ,पलांता र सान्नित्रिवेणी गाउँ पालिकाका प्रतिनिधिहरुलाई उक्त सामाग्रि हस्तान्तरण गरिएको हो ।

जिल्लामा भारत बाट एक पछि अर्काे सयौंका संख्यामा नागरिकहरु भित्रिन थालेपछि व्यवस्थापनमा कठिनाई भइरहेको बेला विभिन्न संघ संस्थाले सहयोग गर्ने क्रममा आज प्लान नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपाल कालीकोटको सहजिकरणमा संचालित कर्णालि शिक्षा परियोजना मार्फत सामाग्रिहरु हस्तान्तरण गरिएको शिक्षा परियोजना संयोजक विर तिरुवाले बताउनु भएको छ ।

समाग्रिहरुमा कम्बल,पि फर्म,साबुन,मास्क,टुथपेष्ट,सेनिटाइजर लगाएतका समाग्रि प्रदान गरिएको बताइएको छ ।यस अघि प्लान नेपालले रास्कोट लगाएतका स्थानिय तहहरुलाई क्वारेन्टाइन व्यवस्थापनका लागि समाग्रि सहयोग गरेको थियो ।
किर्डाक नेपालका जिल्ला संयोजक तलाराम पाण्डेले खांडाचक्र नगरपालिकाका तर्फबाट नगरप्रमुख जसि प्रसाद पाण्डे,रास्कोट नगरपालिकाका तर्फबाट उपप्रमुख मिमसरा बम, लगाएतका अन्य स्थानिय तहका प्रतिनिधिहरुलाई समाग्रि हस्तान्तरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित