सुचारु होला त ? कोटबाडा सुनथराली विमान स्थल

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पहिलो विमान स्थल संचालन होला  भन्ने आशा आशमा समय बित्यो । तर अहिले सम्म सुनथराली बिमानको काम अन्तिम चरणमा पुगेको बताइएको छ । गएको ५ वर्ष पहिले पर्यटन तथा नागरिक उड्डयान मन्त्री हुदा हालका कर्नालिका मुख्यमन्त्री जीवन शाहिले परिक्षण उडान भरेर चर्चामा आएका थिए । तर चर्चा चर्चैमा सिमित रह्यो । अहिले सम्म एक पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले सम्बोधन गर्दा हेलिकप्टरबाट अवतरण गरेको बाहेक अरु केही भएको छैन । कर्नालि प्रदेशका पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सबै काम अन्तिम चरणमा गरेको सुनथराली विमान स्थल अब बन्नेकी आशा पलाएको स्थानीयको भनाइ छ । कोटबाडाका स्थानीय राजेन्द्र बिस्टले आशा र भरोशाको केन्द्रमा सिमित सुनथराली विमान स्थल सुचारु हुनु पर्ने बताउनु भयो ।करोडौंको लगानिमा अहिले सम्म बन्न नसकेको सुनथराली विमान स्थल मागी खाने भांडो बनेको भएपनी पछिल्लो समय कालो पत्रे देखि भौतिक  संरचना निर्माण भइसकेको छ ।अहिले जीवन शाहिले परिक्षण उडान गरेकोले सुचारु पनि जीवन शाहीले गर्नु पर्ने गणेश बिस्टले बताउनु भयो ।स्थानीय बिस्टले अबको मुख्यमन्त्री जीवन शाहीले कर्नाली करिडोर को सडक सुचारु र बिमानस्थलको काम सुरु गर्नु पर्ने बताउनु भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित