मुख्यमन्त्री भए संगै निवासमै नेपाली कांग्रेस प्रवेश गराउन थाले जीवन शाही

7
SHARES
15
VIEWS

कालीकोट ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य जीवन शाही कर्नालिको मुख्यमन्त्री भएपछी निवाशमा बोलाउदै आफ्नो पार्टीमा प्रवेश गराउन शुरु  भएको छ । कर्नालिको बिकाश र निकासमा ठुलो आशा गरेका समुदायले पार्टी प्रबेश गराउन थाले पछि सत्ताको आश्वासन बाड्न शुरु गरेको संकेत देखिन थालेको हो ।बुधबार  नेमकिपा र नेकपा(माओवादी केन्द्र)बाट प्रबेश गराएको बताइएको छ । उनले आफ्नो पार्टीमा रबिलाल पाण्डे,मान बहादुर बोगटी,मुन बहादुर बोगटी र कर्णजित बुढाथोकी लगाएतलाइ मुख्यमन्त्री निबासमा प्रबेश गराएका हुन । नवप्रबेशिलाइ फुलमाला लागेर खादा ओढाएर स्वागत गरिएको बताइएको छ । नेकपा(माओवादी केन्द्र)का  केन्द्रिय सदस्य महेन्द्र बहादुर शाहीले आलोपालोको सहमतिलाइ कार्यन्वयन गर्दै इमानमा पक्का हुँदै सत्ता हस्तान्तरण पछि मुख्यमन्त्री भएका जीवन शाहिले जनताको पक्षमा काम गर्ने आशा गरेको भएपनी तिनै नेकपा माओवादी केन्द्रका कार्यक्रतालाइ आश्वासन दिदै प्रबेश गराउनु राम्रो नभएको माओवादी केन्द्रका एक नेताले बताए । उनले भने प्रवेश भन्दा पनि कर्नालिबासिका पक्षमा काम गर्न अघि बढ्नु पर्ने बताए ।         ( तस्बिर दमन शाहिको फेसबुक बाल बाट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित