देउसी खेलेर फर्केको बस दुर्घटना, ३२ जना घाइते, ५ जना गम्भीर

7
SHARES
15
VIEWS

मकवानपुर । मकवानपुरमा देउसी खेल्न गएको कलाकार बोकेको बस दुर्घटना हुँदा ३२ जना घाइत भएका छन् ।

मकवानपुरको बकैया ३ हात्तिसुडेबाट देउसी खेलेर फर्किने क्रममा बागमती प्रदेश ०३ ०००१ ख १३०९ नं को बस पल्टिँदा ३२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गए राति करिब सवा १ बजे बकैया गाउँपालिका वडा नम्बर–४ अजिङ्गरेमा देउसी खेलेर हेटौंडातर्फ फर्किने क्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरको ३२ जना कलकारहरु चढेको बस अनियन्त्रित भइ सडक छेउको खेतमा पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको हेटौंडा र चितवनका अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित