पचालझरनामा क्वारेन्टाइनका ७९ जनालाई घर पठाइयो

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाको पचालझरना गाउँ पालिकाको ज्ञानोदय माविमा रहेका ७९ जनालाई स्वस्थ्य परिक्षण नेगेटिभ आए पछि आज घर पठाइएको छ ।
यस अघि भारतबाट आएका नागरिकहरुलाई ज्ञानोदय माविमा १४ दिन सम्म राखिएको थियो ।

ज्ञानोदय माविमा रहेका ७९ जनाको आज आरडिटी परिक्षण गर्दा नेगेटिभ आएपछि आज घर पठाइएको पचालझरना गाउँ पालिका स्वस्थ्य संयोजक विरेन्द्र संजालले बताउनु भएको छ । वहाँका अनुसार घर जानेमा पचाझरनाका २ जना, रास्कोट नगरपालिकाका ६७ जना, खाडाचक्र नगरपालिकाका २ जना र सान्नित्रिवेणि गाउँ पालिकाका ७ जना रहेको बताइएको छ ।
पचालझरना गाउँ पालिकामा तिन वटा विद्यालयमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ । यस अघि विद्यामन्दिर आधारभुत विद्यालयमा रहेका ४२ जनालाई रिर्पाेट नेगेटिभ आएपछि घर पठाइएको र आज ज्ञानोदय माविमा क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाइएको गाउँ पालिका प्रवक्ता अनरुप रोकायाले बताउनु भएको छ ।
ज्ञानोदय माविमा रहेकाहरुले फोहोर फाल्ने खाल्डो र सिढी बनाएका थिए ।

अहिले पचालझरना गाउँ पालिकामो ८० जना दुई वटा क्वारेन्टाइनमा रहेको स्वस्थ्य संयोजक विरेन्द्र संज्यालले बताउनु भएको छ ।

जिल्ला भर ३ सय ५१ जना क्वारेन्टाइनबाट घर पठाइएको छ जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जनाएको छ ।जनस्वस्थ्य अधिकृत कटक महतका अनुसार पलाता, पचालझरना, सान्नितृबेणी र नरहरिनाथ गापाका क्वारेन्टाइनबाट बाकी १४ दिन होम क्वारेन्टाइन बस्ने गरि पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित