प्रेस सेन्टर तिलागुफा नगर अध्यक्षमा शैलेन्द्र राना

7
SHARES
15
VIEWS

गाल्जे । प्रेस सेन्टर नेपाल तिलागुफा नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।

प्रेस सेन्टर नेपाल तिलागुफामा बुधबार भएको प्रथम सम्मेलनबाट शैलेन्द्र रानाको नेतृत्वमा ११ सदस्य पदाधिकारी चयन गरिएको छ । जसमा उपाध्यक्षमा प्रेम बुढा,सचिव सर्जन शाही,सहसचिव कुशल प्रसाद न्यौपाने,कोषाध्यक्ष शुसिला विष्ट लगाएत ११ सदस्य रहेको बताइएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य रुपेन्द्र ऐडीको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र कालीकोटका समन्वय समिति सदस्य कमल बहादुर शाहीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा पदाधिकारी सर्वसम्मत गरिएको हो ।

सो कार्यक्रममा वाइसियल नेपाल कालीकोटका संयोजक हस्ता शाही, प्रेस सेन्टर नेपाल महावैका अध्यक्ष सत्य रोकाया लगाएतले बधाई मन्तव्य राख्नु भएको थियो । सर्जन शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रुपेन्द्र ऐडीले प्रविधिको विकास संगै नेकपा(माओवादी केन्द्र)ले गरेका गतिविधि तथा राम्रा कामका प्रचार प्रसारमा कलम चलाउन अनुरोध गर्दै वर्गिय पक्षधरतामा पत्रकारिता शुरु गर्न अनुरोध गर्नु भएको बताइएको छ ।

नेकपा(माओवादी केन्द्र)का जिल्ला समन्वय समिति सदस्य कमल बहादुर शाहीले तिलागुफाको जनता र पार्टीलाई अघि बढाउन प्रेस सेन्टरले महत्वपूर्ण भुमिका खेल्ने बताउदै आगामि दिनमा अग्रसर भएर लाग्न अनुरोध गर्दै बधाई मन्तव्य राख्नु भएको थियो ।

प्रेस सेन्टर नेपालको जिल्लाका ९ वटा स्थानिय तहहरु मध्ये ८ वटा स्थानिय तहमा पदाधिकारी चयन भएको र विहबार कालीकोट जिल्लामा तेस्रो जिल्ला सम्मेलन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित