Skip

News Portal

  • चन्दा होइन युवालाई धन्दामा लगाउने हो -वाइसिएल नेपाल कालीकोट संंयोजक शाही

    रुपेन्द्र ऐडी
    ९५१ पटक

    नेकपा(माओवादी केन्द्र)को भातृ संगठन योंग कम्युनिष्ट लि(वाइसिएल)नेपालको पछिल्ला गतिविधिका बारेमा कालीकोट जिल्ला समन्वय समितिका संयोजक हस्त बहादुर शाही संग पछिल्लो समयमा वाइसिएल नेपालका गतिविधिका बारेमा कर्नालि संचारका सह सम्पादक रुपेन्द्र ऐडीले लिएको सारसंक्षिप्त कुराकानि :
    तपाईलाई कर्नालि संचारको तर्फबाट हार्दिक स्वागत संगै नमस्कार :
    नमस्कार तथा धन्यवाद
    तपाई कहिले देखि जिल्लाको नेतृत्व लिनु भयो ?अब के छ वाइसिएलको योजना ?
    म अहिले जिम्मा लिएको ४/५ महिना मात्र भयो । राष्ट्रिय सम्मेलबाट आयौं ।प्रदेशको सम्मेलन गरेर कालीकोट जिल्लाको सम्मेलन गर्ने तयारीमा लागेका छौं । केही स्थानिय तहमा वाइसिएलको सम्मेलन गरेका छौं ।संगठन विस्तारमा हामी लागि परेका छौं ।हामीले जिल्लामा १ हजार २ सय संगठित सदस्यहरु बनाउने तयारीमा छौं । युवालाई शसक्त बनाउन युवा सहकारी बनाई उत्पादनमा जोड दिने तयारीमा रहेका छौं । हामीले कालीकोट जिल्लामा २०६४ सालको वाइसिएल बनाउने तयारीमा रहेका छौं ।
    के छ त्यस्तो २०६४ सालको वाइसिएल बनाउने आधारहरु ?
    सबै भन्दा पहिला हामीले संगठन विस्तार तथा चुस्त दुस्त गर्ने र तिनिहरुको क्षमता अभिबृद्धि गरेर स्कुलिङ संचालन गर्दै समाजमा घटेका विकृति विसंगतिहरुको भण्डाफोर गर्ने गलत भएको ठाउँमा “याक्सन”मा गएर संगठन स्थापित गर्ने हो ।अब जनताको पक्षमा जनप्रतिनिधिहरु काम गरे नगरेको बारेमा विवरण लिएर अगाडि बढ्ने हो । अब चन्दा होइन धन्दा गरेर युवाहरु आत्मनिर्भर हुने वातावरण बनाउने गरी कार्यक्रमहरु बढाउने हो ।


    हामीले भावि पुस्तालाई कस्तो पाठ सिकाउने भन्ने हो ? यहि तरिकाले पार्टी चलेपछि कसरी नयाँ कुराको सिकाइ कसरी गर्ने । त्यसैले पार्टी भित्र “क्लिन”जरुरी छ । पार्टी नेतृत्वलाई सरकारमा पठाउदा युवाबाट सुझाव सल्लाह गरेर जाने परिपाटी बनाउनु पर्छ भन्ने हो ।


    हामी भट्टिमा गएर नसा होइन सामाजिक सेवा गर्न नसा प्रयोग गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो । हामीले रोजगार मुलक कार्यक्रम भनेको युवा सहकारी हो । ति सहकारी भित्र दक्ष ज्यामि तथा अदक्ष जनशक्ति व्यवस्थापन गरेर विकास निर्माणका काममा सहभागिता गराउने हो । यसका लागि सरकारको सहयोग लिएर अघि बढ्ने हो । विगतमा केही नभएपनि आगामि दिनमा त्यसको बारेका विशेष जोड दिने हो ।
    होइन तपाईले उत्पादनमा युवाहरुलाइ अघि बढाउने भन्नु भयो तर सरकारले संचालन गरेको श्रम रोजगार तथा कार्यदलत असफल भए भने तपाईले संचालन गर्ने उत्पादन मुखि कार्यक्रम कसरी संचालन गर्नु हुन्छ र ?
    हामीले सरकारले गरेको भन्दा फरक गर्ने होे । श्रममा आधारित युवालाई आवद्धता गराउने हो । सहकारी जस्तै गठन गरेर रोजगार मुलक काम गर्ने गरी हामीले सहभागिता गराउने हो । सबै जिम्मा व्यक्तिले लिने हो । कमाउनेले पाउने हो । कुनै श्रममा आधारित भएर अघि बढ्छौं । विकास निर्माणका कामहरुको जिम्मा लिने हो नमुना विकास गराएर देखाउने हो । हामी बैचारिक रुपमा परिपक्कता कायम गर्ने र सोही अनुसारको केही उत्पादन मुलक काममा समेत सहभागिता गराउने तयारीमा छौं । विभिन्न विज्ञहरुबाट सहयोग लिएर अघि बढ्ने र कुनै पनि युवालाई विदेश तिर पलाएन नहुने गरी कार्यक्रम अघि बढाउने तयारीमा छौ ।पार्टीले लिएको कार्यदिशा अनुसार पार्टी,सरकार र उत्पादनका कामलाई जिम्मा दिएर अघि बढ्ने निति छ ।सोही अनुसार युवाहरुको तप्का पनि उत्पादनमा लगाउने हो । हामी असफल हुंदैनौ । सफल भएर छाड्छौं ।
    तपाई कहिले देखि राजनैतिकमा लाग्नु भयो । के गर्ने सोचमा हुनुहुन्छ ?
    म अध्ययनको सिलसिलामा  नेपालगंज गएर २०६८ सालमा प्राविधिक लाइनमा ओभरसियर पास आउट भएर गाउँ आएको थिए । तत्कालिन समयमा पारिवारिक रुपमा नेकपा(एमाले) भएपनि मैले आफुलाई माओवादी नै मन पर्यो किन की मै क्याम्पसमा हुंदा माओवादी केन्द्र निकट थिए ।


    हामीले सरकारले गरेको भन्दा फरक गर्ने होे । श्रममा आधारित युवालाई आवद्धता गराउने हो । सहकारी जस्तै गठन गरेर रोजगार मुलक काम गर्ने गरी हामीले सहभागिता गराउने हो । सबै जिम्मा व्यक्तिले लिने हो । कमाउनेले पाउने हो । कुनै श्रममा आधारित भएर अघि बढ्छौं । विकास निर्माणका कामहरुको जिम्मा लिने हो नमुना विकास गराएर देखाउने हो ।


    घरमा आउदा आफुलाई पारिवारिक रुपमा सर्पाेट भएन कयौं दिन घरमा नआएर दिन विताइयो । मलाई पारिवारिक रुपमा घृणाका रुपमा हेरियो तर मैले हरेश खाइन । मलाई वाइसिएलको जिल्ला कमिटि सदस्य तथा चिल्खाया गाउँ कमिटिको जिम्मा दिए अनुसार अघि बढे । पछिल्लो समयमा जिल्ला उपाध्यक्ष भएर काम गरियो । अहिले मलाई जिल्ला संयोजकको जिम्मोवारी दिएको छ । जिल्ला सम्मेलन गरेर यर्थाततामा आधारित संगठन बनाउने तयारीमा छु ।
    अन्तमा के भन्नु हुन्छ नि ?
    अहिले पार्टी भित्रको सरसफाई अभियान चलाउने भनेको वाइसिएल हो । अब पार्टीको बटम लाइन अघि बढ्छौं । हामीले भावि पुस्तालाई कस्तो पाठ सिकाउने भन्ने हो ? यहि तरिकाले पार्टी चलेपछि कसरी नयाँ कुराको सिकाइ कसरी गर्ने । त्यसैले पार्टी भित्र “क्लिन”जरुरी छ । पार्टी नेतृत्वलाई सरकारमा पठाउदा युवाबाट सुझाव सल्लाह गरेर जाने परिपाटी बनाउनु पर्छ भन्ने हो । संस्कार सिकाउनका लागि केही नयाँ गर्नै पर्ने हुन्छ । गर्न जरुरी छ अब त्यो अभिभारा वाइसिएलले लिन्छ ।


    युवालाई शसक्त बनाउन युवा सहकारी बनाई उत्पादनमा जोड दिने तयारीमा रहेका छौं । हामीले कालीकोट जिल्लामा २०६४ सालको वाइसिएल बनाउने तयारीमा रहेका छौं ।


     

    प्रतिकृया दिनुहोस्