पलांतामा खानेपानिमा डोजर,पानि भर्न सडकमा लाइन(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिकाको नमुना वस्ति भनिएको बान्जडामा खानेपानिको समस्या आएको छ । सडक निर्माणका क्रममा क्षतविच्छेद भएको खानेपानिका पाइप  स्थानिय सरकारको ध्यान नजांदा खानेपानिको लागि सडकमा लाइन लाग्नु  परेको स्थानियले बताए ।

सडक छेउछाउमा पानि ल्याउन स्थानिय लाइन लाग्ने गरेको देखिन्छ । डोकामा भांडाहरु लिएर विहान वेलुका धाउनु परेको स्थानियको भनाई रहेको छ । बान्जाडा गाउँ देखि वडा कार्यालय सम्मको सडक निर्माणका क्रममा डोजर लगाउदा खानेपानिका पाइपहरु चुटिएको महिनौ दिन पुगि सक्दा पनि अहिले सम्म कसैको ध्यान जान सकेको छैन ।

नाम नबताउने सर्तमा एक स्थानियले भने सडक बनाएको एक महिना विति सक्दा पनि खानेपानिका लागि समेत वेवास्ता नगरेको बताए । उनले भने पानिका पाइपहरु लथालिङ्ग भएर टाढा बाट घण्टौं लगाएर पानी बोक्न बाध्य भएका छौं । एक सय १० भन्दा बढि घरधुरी रहेको बान्जाडा गाउँमा एक मात्र खानेपानि धारा रहेको बताइएको छ ।
स्थानिय सरकार आएपनि सडक सञ्चार बिधुतको पहुंच भएको तर खाने पानिका दुख उहीँ पुरानै रहेकोमा स्थानियले चिन्ता व्यक्त गरे ।

पलांताको विगतमा झै अहिले पनि बान्जाडा,लार्फ लगाएतका ठाउँमा खानेपानिको समस्या रहेको बताइएको छ ।

खानेपानि सुचारु गर्ने बारेमा पलांता २ न. वडाका अध्यक्ष विरी विकले सडक विस्तारका क्रममा पाइप चुटालिएको र गाउँ पालिका गएर वडाका लागि आवश्यक पर्ने १५ हजार ६ सय मिटर पाइप ल्याएको र एक सय मिटर पाइप आवश्यक भएको सो क्षेत्रमा जडान गर्न लगाइएको बताउनु भयो ।

खानेपानिका अभाव नहुन दिन आफुले समुदायमा गई पाइप व्यवस्थापन गरेको तर समुदायले चासो नदिएको अध्यक्ष विरी विकले बताए । उनले एक महिना नभई एक दुई दिन मात्र खानेपानिमा समस्या रहेको समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित