माओवादी केन्द्रको पचालझरना ४ मा नर सेजुवालको अध्यक्षतामा वडा सम्मेलन सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र) पचालझरना गाउँ पालिका ४ जारकोटको प्रथम वडा सम्मेलन सम्पन्न भएको छ । ४ न .वडा सम्मेलनमा नर सेजुवालको अध्यक्षतामा २९ स्दस्य वडा कमिटी सर्बसम्मत चयन भएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालको प्रमुख आतिथ्यतामा भएको वडा सम्मेलनमा १६ जना गाउँ कमिटी प्रतिनिधि छनोट गरेको सुरेश सेजुवालले बताउनु भएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष सेजुवालले पचालझरनाको पहिलो पटक शुरु भएको र निर्बाचित सबैलाइ पार्टी सहि ढङ्गले अघि बढ्ने बताउदै शुभकामना दिनु भएको छ । अध्यक्ष सेजुवालले पार्टी निर्माणको महाअभियानमा अघि बढ्न अनुरोध गर्दै हिजो पनि यस वडाले बिजयी हासिल गरेको र भोलि पनि बिजयी गर्ने दाबी गर्नु भयो । पचालझरना गाउँ पालिका वडा नम्बर४ को वडा सम्मेलन बाट उपाध्यक्षमा महाशंकर न्यौपाने,सचिबमा सद्दी बि क र उपसचिब तारा सेजुवाल  सहित २९ सदस्य कमिटी गठन भएको अमराज सेजुवालले बताउनु भयो । सो कार्यक्रममा नेकपा( माओवादी केन्द्र) पचालझरना गाउँ कमिटी अध्यक्ष पौरख बिक  ( प्रमोद)ले निर्बाचित पदाधिकारीलाई बधाइ दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित