पचालझरनामा गोठालो भत्ता कृषकको बैंक खाता मार्फत नौ लाख भुक्तानि

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको लोकप्रिय कार्यक्रम गोठालो भत्ता कृषकको बैंक खाता मार्फत भुक्तानि गरिएको छ । पचालझरना गाउँ पालिकामा पशुपालन कृषकहरुको बैंक खातामा ९ लाख रकम दाखिला भएको सुचना प्रविधि प्रमुख प्रकाश कठायतले बताउनु भएको छ ।

पचालझरना गाउँ पालिका पशु विकास शाखाका प्रमुख विरेन्द्र बमका अनुसार यस अघि निवेदन दिएका र स्थलगत अनुगमन पछि ६५ जना कृषकलाई मासिक एक हजारका दरले एक वर्षको ७ लाख ८० हजार,मासिक २ हजार पाउने ५ जनालाई एक वर्षको एक लाख २० हजार गरेर कुल ९लाख रकम भुक्तानि गरिएको छ ।

५० देखि माथि १०० सम्म भेडा, बाख्रा पालक कृषकलाई मासिक एक हजार र १०० देखि माथि भेडा, बाख्रा पाल्ने कृषकलाई मासिक २ हजार दिदै आएको छ ।कृषकहरुलाई सुधारिएको खोर तथा उन्नत जातका भेडा तथा बोका समेत वितरण गरेको पशु विकास शाखाले विगत ४ वर्ष देखि गोठालो भत्ता दिदै आएको बताइएको छ ।

पचालझरना गाउँ पालिका सुचना प्रविधि प्रमुख प्रकाश कठायतका अनुसार पचालझरनामा खरमुक्त गाउँ पालिका कार्यक्रम लगाएतका महत्वपूर्ण तथा समुदायमा स्थापित कार्यक्रम लागु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित