कोहलपुरका दुई बाहेक १३ वडामा सम्मेलन सम्पन्न,नेतृत्व सर्बसम्मत

7
SHARES
15
VIEWS
कोहलपुर । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगरपालिकाका १३ वटा वडामा वडा सम्मेलन सम्पन्न भएका छ्न ।
आज नेकपा(माओवादी केन्द्र)ले शनिवार देशभर वडाको  सम्मेलन गर्ने क्रममा कोहलपुर नगरपालिकाका वडा नम्बर ७ र १५ बाहेक अन्य वडामा सम्मेलन सम्पन्न भएको छ। कोहलपुर नगरपालिका वडा नं १ को अध्यक्षमा अम्मर चन्द उपाध्यक्ष,वडा नं २ मा अम्वर बहादर बिक, वडा नं ३ को अध्यक्षमा प्रभा बुढा, वडा नं ४ को अध्यक्षमा नरेश आर्याल सर्बसम्मत भएको बताइएको छ ।
  वडा नं ५ को अध्यक्षमा भुपराज भण्डारी, वडा वडा नं ६ को अध्यक्षमा राम शरण चौधरी,वडा ९ मा अध्यक्ष ओपेन्द्र नाथ योगी, वडा नं १० को अध्यक्षमा भुपेन्द्र सुनार, वडा नम्बर ११को अध्यक्षमा रेशम लाल सापकोटा, वडा नं १२ को अध्यक्षमा निरक शाही ,वडा नम्बर १३ को अध्यक्षमा मान बहादुर खड्का, वडा नं १४ मा बासु शर्मा सर्बसम्मत भएको बताइएको छ । निर्वाचित कमिटीलाई बधाइ दिदै जिल्ला समन्वय समिती सदस्य अबराज खड्काले आगामी दिनमा  संगठन निर्माण अभियानले सगठन निर्माण गरेर निकट भबिस्यमा हुने तिनै तहको निर्वाचन केन्द्रीत भएर जनतामा जाने बताउनु भएको छ । आज नहुन सकेको दुइ वटा वडाको सम्मेलन आइतबार हुने नेता खड्काले बताउनु भयो ।
कोहलपुर नगरपालिकामा तीन सय बढी प्रतिनिधिको सहभागितामा  नगर सम्मेलन हुने बताइएको छ ।आगामी ११ गते हुने  नगर सम्मेलन सर्बसम्मत हुने खड्काले बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित