जुम्ला जिप दुर्घटनामा ७ घाइते,२को अवस्था गम्भीर

7
SHARES
15
VIEWS

कालीकोट । जुम्लामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। जिल्लाको पातारासी गाउँपालिकामा जीप दुर्घटनामा परेको हो। शनिबार पातारासी गाउँपालिकाको बडेखोलीमा क १ ज ५८८४ नम्बरको जीप दुर्घटनामा परेको हो। जीप सडकबाट खोलामा झरेको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले बताइन्।

घटनास्थलमा प्रहरी खटिएको छ। दुर्घटनाका घाइतेहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याइएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको उनले बताइन्।

जीप पातारासी गाउँपालिकातिरबाट सदरमुकाम खलंगातर्फ आउँदै थियो। घाइते हुनेमा पातारासी ५ का ६ वर्षीय पुस्कर बिष्ट, ७ का १० वर्षकी ममता बोहोरा छन्। पुस्करको टाउको र ममताको टाउको र मुखमा चोट लागेको छ।

यसैगरी पातारासी ३ छुम गाउँका १९ वर्र्षीया रुपा बोहोरा, महरी गाउँका  ४९ वर्षीय गोर्खबहादुर बुढा, पातारासी ५ माथिलोर्पका ५२ वर्षीय सिंहरुप बुढा, ७ रिनी गाउँका ४६ वर्षीया दन्तकली बोहोरा घाइते भएका छन्।

जीप सडकबाट झण्डै दुई सय मिटर तल खसेको अनुमान गरिएको प्रहरीले जनाएको छ। शनिबार ३ बजेतिर जीप दुर्घटना भएको हो। चालक फरार अवस्थामा रहेको र दुर्घटनाको कारण नखुलेको प्रहरीको भनाइ छ।डिबि बुढाले जुम्ला बाट यो समाचार नागरिक दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित