शान्ती सम्झौताका १५ वर्ष पुरा,वास्तविक लोकतन्त्र आएन ?

7
SHARES
15
VIEWS

कालीकोट । तत्कालीन बिद्रोही (नेकपा माओवादी) र सरकार पक्ष बिच भएको शान्ती सम्झौताको समय १५ वर्ष पूरा भएको छ । २०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र नेकपा(माओवादी) अध्यक्ष पुस्पकमल दाहल(प्रचण्ड) बिच उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग लगायत सीमान्तकृत समुदायको समावेशी तथा समानुपातिक प्रतिनिधित्व सहितको समाजको अग्रगामी रुपान्तरण, संविधानसभाको निर्वाचन, सेना समायोजन र हतियार व्यवस्थापन तथा संक्रमणकालिन न्याय सम्पादनको मुलभुत मुद्दासहित विस्तृत शान्ति सम्झौता सम्पन्न भएको आज १५ बर्ष पुगेको हो ।
यो बीचमा संविधानसभाबाट संविधान निर्माण र सेना समायोजनको काम आफ्नो सापेक्षतामा सम्पन्न भएको छ तर संक्रमणकालीन न्याय सम्पादनको काममा अपेक्षित सफलता प्राप्त हुन नसकेको बताइएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानबिन आयोग गठन भइ गुनासो, निवेदन र मुद्दा संकलन गरी त्यसको प्रक्रिया अघि बढेको छ तर त्यसले गति लिन सकेको छैन ।
देशका जिम्मेवार राजनीतिक दल र सम्बद्ध पक्षले यसलाई एक अर्काेतिर फालेर उम्क्ने र दोष अरुलाई थुपार्ने भन्दा यसलाई राष्ट्रिय मुद्दाको रूपमा हल गर्न तत्पर हुन इच्छाशक्ति नहुदा समस्या उत्पन्न भएको छ । अहिले सिंहदरबारको अधिकार गाउमा आएपनी वास्तविक लोकतन्त्रको महसुस हुन भने सकेको छैन । स्थानीयमा बिगत र अहिलेको भिन्नता हुन नसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित