यो वर्षको एसईई नहुने, असारदेखि बन्दाबन्दी खुकुलाे हुने

7
SHARES
15
VIEWS

काठमाडौं,जेष्ठ । सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय भएको छ ।  मन्त्रिपरिषदको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार विद्यालयहरूमा क्वारेन्टिन बनाएकाले तत्काल परीक्षा सम्भव  नभएको भन्दै एसईई नगर्ने र अब विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र,  त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुनेछ ।

गएको ६ चैतका लागि तोकिएको एसइई परीक्षा कोरोना जोखिमका कारण सरकारले मुलुकमा बन्दाबन्दी गर्ने निर्णय गरेपछि स्थगित भएको थियो ।

त्यस्तै सरकारले १ असारदेखि लागू हुनेगरी बन्दाबन्दीको मोडालिटीलाई परिवर्तन गर्नेे भएको छ । सरकारले कोरोनाको अवस्था सामान्य भएका ठाउँमा सुरक्षाका मापदण्ड अपनाएर बजार खोल्ने र जोर/बिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित