पिसिआर विधि बढाउन मुख्यमन्त्रि शाहीको निर्देशन

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । कालीकोट जिल्लामा क्वारेन्टाइन्मा बसेका नागरिकहरुको पिसिआर विधिबाट स्वस्थय परिक्षण गर्न कर्णालि प्रदेशका मुख्मन्त्रि शाहीले निर्देशन दिनु भएको छ ।

कालीकोट जिल्लामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठक सो निर्देशन दिनु भएको कालीकोट जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताउनु भएको छ । वहांका अनुसार हाल सम्म कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा भएका क्रियाकलापहरुको समिक्षा भएको र अन्य व्यवस्थापनका लागि पुन बैठक बस्ने बताउनु भएको छ ।

मुख्य मन्त्रि शाहीको सचिवालयका अनुसार प्रत्येक स्थानिय तहमा ५० बेड र जिल्लामा १०० वेडको आइसोलेसन स्थापना गर्ने,जिल्लाका एम्बुलेन्स एक द्धारबाट परिचालन गर्ने,पिसिआर परिक्षणको दायरा बढाउने,सामान्य संक्रमितलाई स्थानिय तहका आएसोलेनमा उपचार गर्ने,जटिल विरामीलाई जिल्ला अस्पतालमा ल्याउने निर्देशन भएको बताइएको छ । कालीकोट जिल्लामा यस अघि जिल्लाको अवस्थाका बारेमा बुझविस्तारको लागि आएको समयमा जिल्ला स्थित एकिकृत भवनमा कोडिभ १९को अस्पताल खडा गरी आइसोलेसनको शुरुवात भएको थियो ।

उक्त आइसोलेसनमा हाल २९ जना कोरोना संक्रमितहरु राखिएका छन । लालिघाट दुर्घटनाका विषयमा बुझ विस्तारका लागि कालीकोट आइपुग्नु भएका मुख्यमन्त्रि शाहीले जिल्ला दैविप्रकोप व्यवस्थापन समितिको बैठक बसि उक्त कामकार्वाही गर्न निर्देशन दिनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित