कालीकोटमा महिला हिंसा विरुद्ध प्रभात फेरी

7
SHARES
15
VIEWS

कालीकोट । “घरबाट शुरु गरौ,महिला हिंसा अन्त्य गरौ” भन्ने मुल नाराका साथ लैंगिक  हिंशा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । कालीकोट जिल्लाका साथै देशभर अभियान शुरु भएको छ । कालीकोट जिल्लामा विभिन्न संघ संस्थाहरुको सहकार्यमा सदरमुकाम मान्ममा प्रभात फेरी गरेर अभियानको शुरु गरिएको छ । जिल्लाभर मनाइने १६ दिने अभियानले ग्रामीण क्षेत्रका महिलाहरुका झेल्नु परेका पीडा र अन्य समस्याको सहजीकरण गर्दै अन्यायलाई लुकाइ राख्न हुन्न र कानुनको ढोका सम्म पुगाउन सहयोग पुग्ने आशा लिएको छ । प्रत्येक वर्ष शुरु हुने यस अभियानले दुर दराजका महिलामा भने कुनै प्रभाव पारेको देखिदैन । स्थानिय ग्रामीण महिलाहरुलाइ भने १६ दिने अभियानका बारेमा जानकारी नहुने गरेको वताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित