कालीकोट ।नेकपा(एमाले)को १० औं महाधिवेशनमा साबिकको कर्नाली अंचलबाट गोरख बोगटी र नगिन्द्र शाही(नेश्नल) भिड्ने भएका छ्न । केन्द्रिय सदस्य खुला सदस्यमा कर्नालि प्रदेश बाट गोरख बोगटी र पिछडिएका क्षेत्रबाट कालीकोटका नगिन्द्र शाहीले उम्मेदवारी दिने भएका हुन । त्यसै गरी कर्नाली प्रदेशबाट केन्द्रिय सचिबमा यामलाल कर्णेलले उम्मेदवारी दिने चर्चा चलेको छ । पिछडिएका क्षेत्रबाट खुला सदस्यका लागि छेडगाड नगर प्रमुख लाल बहादुर महताराले उम्मेदवारीको तयारी गरेको बताइएको छ । चितवनमा हुने महाधिवेशनमा देशभर बाट नेता तथा कार्यक्रता उपस्थिति भैसकेका छ्न ।
Discussion about this post