जाजरकोट बस दुर्घटनाका मृतकको पहिचान खुल्यो

7
SHARES
15
VIEWS

सुर्खेत। जाजरकोट बस दुर्घटनामा ज्यान गुमाउने दुई जना महिला, दुई जना पुरुष सहित एक बालिकाले ज्यान गुमाएका छन ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दुर्घटनामा ज्यान गुमाउने मध्ये कुशे गाउँ पालिका ९,जाजरकोट निवासि १८ वर्षीया अनिला नेपाली, आठबीसकोट–५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल (शाहीं), आठबीसकोट–४ निवासि ४ वर्षीया दिव्या शाही, नलगाड–३ करुवा जाजरकोटका २६ वर्षीय शेरबहादुर परियार र सप्तरी राजविराजका ४० वर्षीय गंगाराम यादव रहेकाछन् ।
रात्रिकालिन समयमा नेपालगञ्जबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडीबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोट–९ कुदु बराहचौरमा दुर्घटना भएको थियो । बसमा ३२ जना यात्रु रहेकामा २७ जना घाइते भएका थिए ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि नेपालगंज लिएको छ भने अन्य विरामीको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित