कालीकोटमा २३०० बढि नागरिक क्वारेन्टाइनबाट घर फर्किए

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लामा पछिल्लो देश तथा विदेश बाट आएका नागरिकहरु मध्ये क्वारेन्टाइनमा बसेर घर फर्किनेको संख्या २ हजार ३ सय बढि नाघेको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटको तथ्यांक अनुसार जिल्ला भित्रिएका ४हजार नौ सय ६५ मध्ये क्वारेन्टाइनमा बसेर घर फर्किनेको संख्या २३१८ रहेको बताइएको छ ।

जिल्ला जन स्वस्थ्य कार्यालय कालीकोटका प्रमुख कटक महतका अनुसार अहिले जिल्ला भर क्वारेन्टाइनमा बस्नेको संख्या २५२७ जना रहेको बताउनु भएको छ । वहांका अनुसार जिल्ला भर रहेका ३२ वटा क्वारेन्टाइनमा ४१४० वटा बेड रहेको बताउदै पछिल्लो आरडिटी परिक्षणमा ३७ जनाको रिर्पाेट पोजेटिभ आएको र पिसिआर परिक्षणका लागि कर्णालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको बताउनु भएको छ ।

पछिल्लो समयमा क्वारेन्टाइनमा १४ दिन बसेर आरडिटी रिर्पाेट नेगेटिभ आएका पचालझरना,पलांता,सान्नित्रिवेणि,नरहरिनाथ,शुभकालिका गाउँ पालिका र तिलागुफा, नगरपालिकाका नागरिकहरुलाई घर पठाइएको छ ।

जिल्लामा स्थापना गरिएको आइसोलेसनमा कालीकोटका २८ र एक जना बाजुराका सहित २९ जना रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित