माओवादी केन्द्र नरहरिनाथ गाउँ पालिकामा महिला नेतृ मनशोभा बुढा अध्यक्षमा सर्वसम्मत

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) नरहरिनाथ गाउँ पालिकाको प्रथम सम्मेलनबाट गाउँ पालिका उपाध्यक्ष तथा महिला नेतृ मनशोभा बुढा गाउँ कमिटि अध्यक्षमा सर्वसम्मत हुनु भएको छ । हिजो शनिवार देखि शुरु भएको बन्दशत्रबाट बुढालाई अध्यक्षमा सर्वसम्मत गरिएको बताइएको छ ।

जसको उपाध्यक्षमा पौराम विक(विन),चन्द्र बहादुर विष्ट(प्रशिद्ध) र सत्य बुढा सर्वसम्मत भएको नरहरिनाथ गाउँ पालिका इन्चार्ज अग्र बहादुर विष्टले बताउनु भएको छ । वहाँका अनुसार सचिव जगत बहादुर विष्ट,सहसचिव रतन सहकारी र कोषाध्यक्षमा लोकेन्द्र विष्ट सहित ५५ सदस्ययि गाउँ कमिटि सर्वसम्मत भएको हो ।

उक्त सम्मेलनबाट ९ जना प्रदेश सम्मेलनका लागि प्रतिनिधि सिफारिस समेत गरेको छ ।नयाँ नेतृत्व घोषणा गर्दै नेकपा(माओवादी केन्द्र) कर्नालि प्रदेश कमिटि सदस्य विष्णु विक, नरहरिनाथ गाउँ कमिटि इन्चार्ज अग्र बोगटी लगाएतका नेताहरुको उपस्थितिमा सपथग्रहण गरिएको बताइएको छ ।

महिला नेतृ मनशोभा बुढा बाल्यकालमा जनयुद्धमा होभिएकी थिइन । यस अघि विभिन्न संघ संगठनमा आवद्ध भई राजनैतिकमा क्रियासिल रहदै आएकी थिइन । कालीकोट जिल्लाका ९ वटा स्थानिय तह मध्ये बुढा पहिलो गाउँ कमिटि अध्यक्ष बन्न सफल भएकी छन ।

अहिले सम्म जिल्लाको पलांता, पचालझरना,शुभकालिका गाउँ पालिका र तिलागुफा नगरपालिकामा नेतृत्व सर्वसम्मत भएको बताइएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित